१३ बैशाख २०८१, बिहीबार

पार्टीले प्राप्त गरेको उपलब्धी र कमजोरीको गहन ढंगले विश्लेषण गर्नुपर्छ : खनाल

jhalanath khanal
फाइल फोटो

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा प्राप्त गरेको उपलब्धी र कमजोरीको गहन ढंगले विश्लेषण गनुपर्ने बताउनुभएको छ ।

मंगलबार पार्टीको स्थानीय कमिटी बैठकमा उहाँले पार्टी गठनको छोटो अवधिमा प्राप्त गरेको पाठलाई गहन ढंगले विश्लेषण गर्नुपर्ने बताउनुभयो ।

एकीकृत समाजवादी नयाँ क्रान्तिकारी पार्टी भएको भन्दै सम्मानित नेता खनालले पार्टीले छोटो अवधिमा प्राप्त गरेको पाठ गहन ढंगले मनन गर्नुपर्ने धारणा राख्नुभयो । पार्टीले प्राप्त गरेका उपलब्धी र कमजोरीकाबारेमा गहन ढंगले विश्लेषण गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री नेता खनालले स्थानीय तहको निर्वाचनले देशको राजनीतिक परिस्थितिमा परिवर्तन ल्याइदिएको दाबी गर्नुभयो ।