१६ चैत्र २०८०, शुक्रबार

आगामी साता बिहे गर्दै ‘तीतो सत्य’का चर्चित बाल कलाकार राज र मोडल सुनिशा

raj 1

चर्चित हास्य श्रृंखला ‘तीतो सत्य’ मा बाल कलाकारकाे रुपमा ख्याति कमाएका राज आचार्य र मोडल सुनिशा बजगाईं यही असार ७ गते विवाह बन्धनमा बाँधिने भएका छन् ।

दीपकराज गिरी र दीपाश्री निरौलाको समेत मुख्य भूमिका रहेको सिरिज ‘तीतो सत्य’मा छोराकाे भूमिकामा प्रस्तुत भएका राजले विदेशमा चार्टर एकाउन्टेन्टको अध्ययन सकाइसकेका छन् । पढाइ सकेर राज यतिबेला नेपालमै छन् । यी दुईले प्रि-वेडिङ फोटोसुट पनि गराइसकेका छन् ।

मोडल सुनिशाले थुप्रै म्युजिक भिडियोमा काम गरेकी छन । फिल्म ‘ईन्टु मिन्टु लण्डन’ मा पनि उनको अभिनय देख्न सकिन्छ।

राज र सुनिशा केही समयदेखि प्रेममा रहेको जनाइएको छ । उनीहरु प्रेममा रहेको हल्ला घरीघरी चले तापनि उनीहरुले आफूहरु प्रेममा रहेको स्वीकार भने गरेका थिएनन् । अहिले बिहेको समाचार एक्कासी छाउन थालेपछि राजले आफ्नो सामाजिक सञ्जालबाटै आफूहरु आधिकारिक रूपमा विवाह बन्धनमा बाँधिन लागेको जानकारी गराएका छन् ।

राजले अहिले आफ्नाे फेसबुकको प्रोफाइलमा तस्विर परिवर्तन गरी सुनिशासँगको जोडी तस्विर राखेका छन् । राज र सुनिशाले केही समय अघि ‘नजिक’ बोलको म्युजिक भिडियोमा सँगै अभिनय पनि गरेका थिए ।