१६ चैत्र २०८०, शुक्रबार

विदेशी सेना नेपालमा छन् भन्ने पहिलोचोटि सुनेँ, कहाँ छन् ? कुन कुन देशका छन् ?’: माधव नेपाल

madhav

नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि देशको हस्तक्षेप अस्वीकार्य रहेको बताएका छन् । 

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जिज्ञास राख्दै परराष्ट्र नीतिको ख्याल गर्न पनि सरकारलाई सुझाव दिए । 

प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणबारे संसद र नागरिकलाई जानकारी दिनुपर्ने भन्दै अध्यक्ष नेपालले यसको तयारीबारे पनि जिज्ञासा राखे । 

पहिलोपटक आफूले नेपालमा विदेशी सेना रहेको सुनेको जानकारी दिँदै उनले यसबारे प्रष्ट पार्न सरकारको ध्यानाकर्षण पनि गराए । 

बैठकमा उनले भने, ‘समितिमा धेरै कुराहरू उठेका छन्। विदेशी सेना नेपालमा छन् भन्ने पनि भर्खरै पहिलोचोटि सुनेँ। त्यो हो भने गम्भीर कुरा हो। कहाँ छन् ? कुन कुन देशका छन् ?’