७ बैशाख २०८१, शुक्रबार

पप स्टार जस्टिन बीबरको अनुहारको आधा भाग ‘प्यारालाइज्ड’

Justin Bieber

सानो उमेरमै गायनमा जमेका २८ वर्षीय क्यानडियन गायक तथा गीतकार जस्टिन बीबर हाल खतरनाक रोगसँग जुधिरहेका छन् ।

बीबरले इंस्टाग्राम अकाउन्टमार्फत आफ्नो अनुहारको आधा भागमा प्यारालाइसिस भएको जानकारी दिएका हुन् ।

“तपाईं देख्न सक्नुहुन्छ म एउटा आँखा झिम्क्याउन नै सक्दिनँ । मलाई ‘राम्से हन्ट सिन्ड्रोम’का रोग लागेको हो । मेरो एकातिरको भाग नचल्दा म हाँस्न सकेको छैन । अनुहारको एक साइड त पुरै प्यारालाइसिस भएछ जसले मेरो छाला, दिमाग, शक्ति लगायतक मेरै स्वास्थ्यलाई असर गरेको छ”, बीबरले भिडियोमा भनेका छन् ।

तीन मिनेट लामो भिडियोमा उनले आँखा झिम्काउन पनि नभएको भनेका छन् , ‘म एकातिरको आँखा झिम्काउन पनि सक्दिन। नाक पनि चलाउन मिल्दैन । यसरी मेरो एकापटिको केही पनि नचल्ने भएको छ,’ । यतिमात्र हैन, क्रोनिक मोनोको गम्भीर अवस्था पनि आएको थियो। जसले मेरो छाला, दिमाग, शक्ति लगायतक मेरै स्वास्थ्यलाई असर गरेको ,’ उनले भिडियोमा उल्लेख गरेका छन्।

बिबरको भएको यस संक्रमणको बारेमा उनले आगामी डकुमेन्ट्री श्रृंखला ‘जस्टिन बीबर: सिजन्स’मा पनि बताउनेछन्। १० भागको यो कार्यक्रम जनवरी २७ मा रिलिज हुने बताइएको छ ।

यही रोगका कारण उनले टोरन्टो र डीसीमा हुने कन्सर्ट रद्द गर्नुपरेको पनि बताएका छन् ।