१२ बैशाख २०८१, बुधबार

राजसंस्था सधैंका लागि सकियो, अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छः कमल थापा

kamal
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संघिय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताउनु भएको छ । उहाँले संघिय संरचनामा एउटा केन्द्रीय सरकार र अझ बढि अधिकार सम्पन्न स्थानीय तहको संरचना निर्माण गर्नु पर्ने बताएनुभएको हो ।

बुटवलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका थापाले संघिय संसदबाट राष्ट्रपति निर्वाचन हुनुपर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले नेपालमा राजसंस्थाको पुर्नस्थापना अब सधैंका लागि सकिएको भन्दै अब जनताको मत जितेर मात्रै राजसंस्था पुर्नस्थापना हुन सक्ने दाबी गर्नुभयो ।

थापाले असम्भव एजेन्डा बोक्दा आफैं फेल हुने भएकोले राजतन्त्र पुर्नस्थापनालाई छोडेर हिन्दु राज्यको एजेन्डा बोकेको बताउनुभयो । जनता अहिले पनि हिन्दुराज्यको पक्षमा रहेको भन्दै हिन्दुराज्य र धर्म निरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्नेमा जोड दिनुभयो ।