६ बैशाख २०८१, बिहीबार

अछामका विनोद शाही प्रकरणः १३ जना विरुद्ध किटानी जाहेरी

binod shahi death

हराएको पाँच दिनपछि मृत भेटिएका पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्यामा संलग्न भएको आरोपमा १३ जना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ ।

दुई जना हत्याका योजनाकार र ११ जना हत्यामा संलग्न रहेको भन्दैे जिल्ला प्रहरी कार्यालय अछाममा किटानी जाहेरी दर्ता गरिएको मृतकका आफन्तले जानकारी दिएका छन् । किटानी जाहेरीमा भएका व्यक्तिको विवरण खुलाइएको छैन ।

किटानी जाहेरी दर्ता गर्न पीडित पक्ष र प्रहरी बीचमा लिखित सहमती भएपछि मृत फेला परेको पाँचौ दिनमा घटानास्थलबाट शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ । किटानी जाहेरी लिएर हत्यामा संलग्न भएका व्यक्तिलाई कार्वाहीको सुनिश्चितता नभएसम्म शव नउठाउने भन्दै पीडित पक्षले अडान राखेको थियो । शवको पोष्टमार्टमको तयारी भइरहेको बताइएको छ ।

हत्याको आशंकामा सीआइबीको टोलीले मंगलबार बेलुकी पाँच जनालाई नियन्यन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानमा रहेको सीआइबीको टोलीले पाँच जनालाई नियन्त्रमा लिएर सदरमुकाम मंगलसेनमा ल्याइएको बताइएको छ । तालिम प्राप्त कुकुरसहित सीआइबीको टोली घटनाको अनुसन्धान गरिरहेको छ भने एसएसपी जनकराज पाण्डे समेत घटना अनुसन्धानका लागि अछाम पुग्नुभएको छ । सभामुख अग्नी सापकोटाले दोषिलाई कार्वाहीको प्रक्रिया अघि बढाउन सरकारलाई बुधबारको प्रतिनिधिसभा बैठकबाट निर्देशन गर्नुभएको छ ।

जेठ १७ गते रातीबाट वेपत्ता भएका विनोद पाँच दिनपछि गएको जेठ २१ गते छिमेकी वडाको सल्लाघारीको खोचमा मृत अवस्थामा फेला परेका थिए । गाउँमा झडप भएको खबरमा प्रहरी कालिकास्थानमा पुगेपछि जेठ १७ गते रातीबाट विनोद वेपत्ता भएको आफन्तको भनाइ छ । जेठ ३० गतेको मतदानका क्रममा विवाद भएको विषयलाई लिएर गाउँमा पटक पटक विवाद हुँदै आएको स्थानीयको भनाइ छ ।