८ बैशाख २०८१, शनिबार

मुख्य समाचार आजका

nepal ghatana banner social big
  • वर्षायाम सुरु हुनै लाग्दा समेत देशभरका राजमार्ग जीर्ण / मर्मतका लागि ५ अर्ब निकासा भए पनि व्यवसायीले काम गर्नै मानेनन् / जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता / सरकार निरीह ।
  • स्थानीय निर्वाचन सकिएको २५ दिनसम्म पनि खर्च विवरण बुझाउन उम्मेद्वारको छैन सुरसार / दलहरु इमानदार नहुँदा आर्थिक अनुशासनको उल्लंघन / आयोगको भूमिकामाथि पनि प्रश्न ।
  • कोरोना बीमाको १२ अर्ब ३७ करोड भुक्तानी सरकारले अझै दिएन / १ लाख ११ हजार बीमित पैसा पाउने पर्खाइमा / सरकारले आफ्नै नीति कार्यान्वयन नगर्दा बीमा क्षेत्र बदनाम ।
  • क्यान्सर विरुद्धको उपचारमा वैज्ञानिकहरुलाई ऐतिहासिक सफलता / बेलायतमा १२ जना क्यान्सर पीडित नयाँ औषधिको सेवन पछि पूर्णरुपमा निको भएको दाबी ।
  • एसिया कपको छनोट खेलमा आज नेपाल र जोर्डन आमने-सामने हुँदै / युवा खेलाडीका लागि अवसर / जोर्डन विरुद्धको खेलमा कुनै दबाब नलिने प्रशिक्षक अल्मुताइरीको भनाइ ।