१३ बैशाख २०८१, बिहीबार

लगातार घट्दो क्रममा रहेको सेयर बजार बुधबार फराकिलो अंकले बढ्यो

810 425 16108886484122 nepse

पछिल्लो आठ कारोबार दिनदेखि लगातार घट्दो क्रममा रहेको सेयर बजार बुधबार फराकिलो अंकले बढ्दै छलाङ मारेको छ ।

बुधबार नेप्से ६०.२२ अंकले बढेर २०८०.४४ बिन्दुमा अडिएको छ । यस्तै सेन्सेटिभ इन्डेक्स पनि ११.२५ अंकले बढेको छ । कारोबारमा आएका १३ उपसमुहमध्ये फाइनान्स उपसमुह सर्वाधिक बढेको छ। फाइनान्स उपसमुह ५.०३ प्रतिशतले बढेको हो । 

सेयर बजारमा करिब ६८ प्रतिशत हिस्सा बैंक तथा वित्तीय र बीमा उपसमुहले ओगटेको छ।  जसमा विकास बैंक उपसमुह २.११ प्रतिशतले, जीवन बीमा ३.०६, माइक्रोफाइनान्स ३.६४ र निर्जीवन बीमा ३.८५ प्रतिशतले  बढेको देखिन्छ । 

यस्तै होटल एण्ड ट्रेडिङ उपसमुह ३.४८ प्रतिशतले बढेको छ। हाइड्रोपावर ३.५६,  लगानी उपसमूह २.९० प्रतिशतले बढेको छ । उत्पादन र प्रसोधन उपसमूह पनि ३.१६ प्रतिशतले उकालो लागेको छ । 

बुधबार म्यूचुअल फन्ड १.१७ प्रतिशत, अन्य ३.८५ प्रतिशत र  ट्रेडिङ उपसमुह ३.४७ प्रतिशतले बढेको छ । त्यसैगरी करिब ४० प्रतिशत बजारको हिस्सा ओगटेको वाणिज्य बैंक उपसमुह मात्र बुधबार २.११ प्रतिशतले बढ्यो । 

केही साता अघि बजेट सार्वजनिक भएपछि घट्दो क्रमलाई निरन्तरता दिँदै आएको बजार, बुधबार एकैदिन अप्रत्यासित बढेको हो । बुधबार २०२०.१३ परिसूचकबाट कारोबार सुरु भएको हो ।

यस्तै आज कारोबारमा आएका २३१ कम्पनीको ५० लाख कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६४ करोड ३ लाख ५६ हजार बढीको कारोबार भएको छ । जसमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सामुदायिक लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्तको सेयरमा खरिदकर्ता झुमिदा सेयर मूल्य १० प्रतिशत बढेको छ । 

यस्तै बलेफी हाइड्रोपावर, कालिका लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९ प्रतिशत भन्दा धेरै कमाएका छन् ।

आज कारोबारमा आएका कम्पनीमध्ये १९३ कम्पनीको सेयर मूल्य बढेको छ भने दुईवटा कम्पनीको सेयर मूल्य घटेको देखिन्छ । एउटा कम्पनीको सेयर मूल्य भने स्थीर रहेको छ । 

यस्तै सर्वाधिक अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको छ । बुधबार कम्पनीको ५ करोड १२ लाख ४० हजार बढीको सेयर कारोबार भएको हो ।  मंगलबार धितोपत्र कारोबार मापक नेप्से परिसूचकले ४५.५९ अंककको गिरावट भएको थियो । मंगलबार कारोबार बन्द हुँदा परिसूचक २०२०.२३ को विन्दुमा ओर्लिएको थियो । यस्तै मंगलबार नेप्से २०१६.७८ को मनोवैज्ञानिक बिन्दुमा पुगेको थियो  ।