१३ बैशाख २०८१, बिहीबार

नेपालका १५ जिल्लामा फैलियो कोरोना संक्रमण

Coronavirus Nepal1

नेपालका १५ जिल्लामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ ।

बिहीबार कपिलवस्तुका दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०१ पुग्नुका साथै संक्रमणको फैलावट १५ जिल्लामा पुगेको हो । भारतबाट आएका दुई युवाको राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसबाहेक हालसम्म उदयपुरमा २८ जनामा कोरोनासंक्रमण देखिएको छ भने त्यसमध्ये ६ जना निको भएर घर फर्किएका छन् । यस्तै अन्य ८ जना पनि कोरोनासंक्रमण मुक्त भएर डिस्चार्ज हुने क्रममा रहेका छन् । उनीहरुको शुक्रबार डिस्चार्ज हुने प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरी उदयपुरपछि पर्सामा सबैभन्दा धेरै २४ जना संक्रमित रहेका छन् । त्यसमध्ये ३ जना डिस्चार्ज भएका छन् ।

यसैगरी बाँकेमा २३ जना संक्रमित फेला पर्दा काठमाडौंमा ५ जनामा संक्रमण पुष्टि भएकामा ५ जना नै निको भएर घर फर्किसकेका छन् ।

यस्तै कैलालीमा ४ मध्ये ३ जना निको हुँदा रौतहटमा पनि ३ जनामा संक्रमण पुष्टि भएको छ। हाल १ जना भने निको भएर घर फर्किसकेका छन् ।
यसैगरी बागलुङका दुई संक्रमितमध्ये दुबै जना निको भएका छन् भने बारामा २ जना संक्रमित रहेका छन् ।

यसैगरी चितवनमा २ संक्रमितमध्ये एक जना निको भएर घर फर्किँदा झापामा २, भोजपुरमा १, धनुषामा १ र रुपन्देहीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी कञ्चनपुरमा पनि एक जनामा संक्रमण पुुष्टि भएकामा ती संक्रमित निको भएर घर फर्किसकेका छन् । हाल उपत्यकामा ३ र बाहिर १ सय ३० गरी १ सय ३३ जना सम्भावित संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

बिहीबारसम्म पीसीआर विधिबाट १४ हजार ५ सय ११ वटा परीक्षण भएका छन् । यस्तै ५४ हजार ९३ जनाको आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले देशभरी १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा रहेका छन् ।

जिल्लाकुल संक्रमितजम्मा मृत्युनिको भएको
उदयपुर२८
पर्सा२४
बाँके२३
काठमाडौं
कैलाली
रौतहट
बाग्लुङ
बारा
चितवन
झापा
कपिलवस्तु
भोजपुर
धनुषा
कञ्चनपुर
रुपन्देही