१३ बैशाख २०८१, बिहीबार

सुरक्षा बढाइयो भाजपा नेतृ नुपुर शर्माको, टिप्पणीलाई लिएर विवादमा

images 2022 06 05T181608.378

पैगम्बर मुहम्मदमाथि गरेको टिप्पणीलाई लिएर विवादमा तानिएकी निलम्बित भाजपा नेतृ नुपुर शर्माको सुरक्षा बढाइएको छ ।  दिल्ली प्रहरीमा आफूलाई ज्यान मार्ने धम्कीको उजुरी गरेपछि उनलाई थप सुरक्षा दिइएको हो । आफूलाई धम्की आएको गुनासोपछि शर्मा र उनको परिवारलाई सुरक्षा प्रदान गरिएको प्रहरीले जनाएको छ । 

शर्माले १० दिनअघि एक टिभी बहसका क्रममा पैगम्बरबारे गरेको विवादास्पद टिप्पणीपछि उनी विवादमा तानिएकी थिइन् । चौतर्फी आलोचनापछि उनलाई पार्टी प्रवक्ताबाट निलम्बन गरेको थियो ।