१५ चैत्र २०८०, बिहीबार

बहराइनमा थप ८८ जना नेपालीलाई कोरोना, संक्रमित संख्या २४५

bahrain

बहराइनमा थप ८८ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ । बहराइन स्थित नेपाली दूतावासका अनुसार मंगलबार रातिसम्म कोरोना संक्रमणसँग जुधिरहेका नेपालीको संख्या २४५ पुगेको छ ।

सङ्क्रमित सबै नेपालीको अवस्था सामान्य रहेको र बहराइन सरकारले नै उपचार गरिरहेको दूतावासले जनाएको छ ।

बहराइनमा अहिलेसम्म १ हजार ९ सय ५० जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये १ हजार ७ सय ६२ जना निको भएका छन् ।