१३ बैशाख २०८१, बिहीबार

कोरोना संक्रमित ९९ पुग्यो, वीरगञ्जमा दुई महिने शिशुसहित एकै परिवारका १७ जना संक्रमित

corona nepal

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या ९९ पुगेको छ । वीरगञ्जमा बुधबार थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार पर्साका दुई महिनादेखि ६६ वर्षसम्मका गरेर १७ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये सात महिला र १० पुरुष छन् ।

यो सँगै संक्रमितको संख्या ९९ पुगेको छ भने २२ जना निको भएका छन् ।

अहिलेसम्म क्वारेन्टाइन १९ हजार सात सय ३४ जनाको उपचार भइराखेको छ ।