८ बैशाख २०८१, शनिबार

शाहरुखमाथि पाँच अर्बको लगानी

shahrukh khan

सन् २०१८ रिलिज आनन्द एल रायको फिल्म ‘जीरो’ पछि अभिनेता शाहरुख खानले अभिनयबाट लामो ब्रेक लिए । तर, उनका फ्यानहरु उनलाई पुनः फिल्ममा हेर्नका लागि उत्साहित थिए । अब फ्यानका लागि प्रतिक्षाको घडी सकिएको छ ।

शाहरुखले एकसाथ तीन फिल्मको घोषणा गरेका छन् । जसमा यशराज प्रोडक्सनको व्यानरमा बनिरहेको एक्सन स्पाई फिल्म ‘पठान’, राजकुमार हिरानीको फिल्म ‘डंकी’ र दक्षिण भारतीय फिल्म निर्देशक एटली कुमारको फिल्म ‘जवान’ छन् । केही दिन अघिमात्र शाहरुखले ‘जवान’को टिजर सार्वजनिक गरेका थिए ।

‘शाहरुख एक वर्षमा आफ्ना तीन फिल्मका साथ दर्शकलाई मनोरञ्जन दिन तयार छन् । यी तिनवटै फिल्मको बजेट उच्च छ । तीन फिल्मको कुल बजेट करिब ५०० करोड (पाँच अर्ब)सम्म छ । शाहरुखको स्टारडमलाई हेर्दै निर्माताहरुले उनको फिल्ममा लगानी गर्न कुनै कसुर बाँकी राखेका छैनन्’, स्रोतले भनेको छ ।

फिल्म ‘पठान’ २५ जनवरी, २०२३ मा रिलिज हुँदै छ । फिल्ममा शाहहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया प्रमुख भूमिकामा छन् । फिल्ममा सलमान खानको केमियो पनि छ ।

फिल्म ‘डंकी’मा पहिलोपटक अभिनेत्री तापसी पन्नु शाहरुखसँग रोमान्स गर्दैछिन् । राजकुमार हिरानीको निर्देशन रहने फिल्म कमेडीसँगै इमोसनल ड्रामा फ्लेभरको हुनेछ । फिल्म २२ डिसेम्बर, २०२३ मा रिलिज हुनेछ ।

फिल्म ‘जवान’मा शाहरुखका अलावा नयनतारा, सान्या मल्होत्रा, सुनील ग्रोवरलगायतका कलाकारको अभिनय छ । फिल्म २ जुन २०२३ मा रिलिज हुँदै छ ।