२१ बैशाख २०८२, आईतवार

हंगेरीसँग पराजित इंग्ल्यान्ड

Hungary vs England

हंगेरीलाई १-० को नतिजा सुम्पिदै यूईएफए नेसन्स लिग फुटबलको पहिलो खेलमै इंग्ल्यान्डले हार व्यहोरेको छ ।

शनिबार हंगेरीको राजधानी बुडापेष्टमा भएको समूह ए को खेलमा जितसँगै घरेलु टोलीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

हंगेरीको जितमा खेलको ६६औं मिनेटमा डोमिनिक सोबोस्लियाले पेनाल्टीमा निर्णायक गोल गरे ।

जितसँगै हंगेरीले पहिलो खेलमा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित इग्ल्यान्ड पुछारमा छ ।

    सम्बन्धित समाचार...