१३ बैशाख २०८१, बिहीबार

स्विजरल्याण्डले दिएको ३० हजार थान पीसीआर किट नेपाल आइपुग्यो

swiss ibveATdnkX

स्विजरल्याण्ड सरकारले नेपाललाई दिएको किट नेपाल आइपुगेको छ । कोरोना परीक्षणका लागि सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट बिहीबार नेपाल आइपुगेको छ ।

पीसीआर टेस्ट किटसहित स्वीटजरल्याण्ड सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत नेपाल आइपुगेको हो ।

स्विस सरकारले १५ दिन पहिले नै नेपाललाई पोलिमराइज चेन रिएक्सन अर्थात पीसीआर किट दिन चाहे पनि नेपालले खासै पहल नगर्दा नेपाल आउन पाएको थिएन । तर स्विजरल्याण्डले नेपाललाई दिने किट सिंगापुर हुँदै मलेसिया पुर्याइदिएपछि नेपाल एअरलाइन्सले किट नेपाल ल्याएको हो ।

स्वीटजरल्याण्ड सरकारकोतर्फबाट उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बिहीबार हस्तान्तरण गरिएको छ । विमानस्थल पुगेर नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् ।

टेस्ट किट हस्तान्तरण गर्दै नेपालका लागि राजदूत क्यापलरले संक्रमण नियन्त्रणका लागि आवश्यक र महत्वपूर्ण परीक्षणलाई ३० हजार टेष्ट किटले सुदृढ गर्ने बताउनुभयो ।

स्वीजरल्याण्ड सरकारले यसअघि नै ४ हजार थान पीपीई सेट, १ हजार इन्फ्रारेड थर्मोमिटर, ८ हजार एन ९५ मास्क नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
यसैगरी स्वीजरल्याण्डले कोभिड-१९ को पूर्वतयारी, राहत र पुनस्र्थापनाका लागि सहयोग गर्न ५० लाख स्वीस फ्र्याङ्कको कोष स्वीकृत गरेको छ ।

बुधबार अष्ट्रेलियाको सिड्नी जाने क्रममा नेपाल एअरलाइन्सले पीसीआर किट क्वालालम्पुरमा लोड गरेर गएको थियो । बिहीबार  किट नेपाल आइपुगेको हो ।

prc test kit by swis