१ जेष्ठ २०८१, मंगलवार

चर्च ब्वाइज मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा

Gold cup photo

हेटौंडामा सञ्चालन भइरहेको चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा बीएफसी भरतपुरलाई ३–० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वार्टरफाइनलमा स्थान बनाएको हो । चर्च ब्वाइजका आशिष चौधरीले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ५७ औं मिनेटमा हेमन्त थापा मगरले अग्रता दोब्बर बनाए । ७७ औं मिनेटमा चौधरीले नै टिमको लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका आशिष चौधरी घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा शनिबार नेपाल एपीएफ क्लब र फ्रेण्ड्स क्लबको बीचमा खेल हुनेछ । यही जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्डकपमा १२ क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    सम्बन्धित समाचार...