१६ चैत्र २०८०, शुक्रबार

लकडाउन खुकुलो भएपनि यी हुन् पूर्ण निषेधित क्षेत्र

ministry meeting corona

सरकारले लकडाउन अवधि जेठ ४ गते राती १२ बजे सम्म बढाएपनि अहिलेको भन्दा केही खुकुलो बनाउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग धन्दा संचालन, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको सहज ढुवानी, विकास निर्माणलाई निरन्तरता, ग्यारेजरसवारी वर्कसप, दुग्ध तथा पशुपन्छी उद्योग, आंशिक रुपमा बैंक तथा वित्तीय संस्था संचालन गर्न पाउने निर्णय गरेको छ। तर लकडाउन अवधिमा निषेध गरिएका क्षेत्रको सूची पनि सरकारले सार्वजनिक गरेको छ।

क्याम्पस, विद्यालयलगायत सबै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षेण केन्द्र, गैर खाद्य वस्तु बिक्री गर्ने व्यवसायिक मलहरु, सिनेमा हल, पार्टी प्यालेस, फनपार्कलगायतका सार्वजनिक स्थल, मन्दिर, मस्जिद, चर्च, गुम्बाजस्ता धार्मिक स्थलहरु तथा धार्मिक र सांस्कृतिक कार्यक्रमहरु निषेधकै अवस्थामा रहनेछन्।

त्यस्तै रंगशाला, खेलकुदस्थल, फुटसल, शारीरिक सुगठन (हल), नृत्य प्रशिक्षण, फिटनेस सेन्टर, सैलुन, ब्युटिपार्लरहरु खोल्न पाइने छैन। राजमार्ग बाहेकका होटल, बार, रेस्टुँराहरु खोल्न पाइने छैन। स्थानीय प्रशासनबाट सवारी पास पाएका बाहेक सबै प्रकारका यात्रुबाहक सवारी साधनहरु चलाउन पाइने छैन।

१२ वर्षभन्दा मुनिका बालबालिका, असक्त, ७० वर्षभन्दा माथिका वृद्धवृद्धा, ज्येष्ठ नागरिक, गर्भवती महिलाले हिँडडुल र घुमघामका गतिविधि गर्न पाइने छैन। आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान गर्न पाइने छैन। केबलकार र रेलसेवा संचालन गर्न पनि रोकिएको छ।

मन्त्रिपरिषद्को निर्णय अनुसार बिहीबारबाट खुल्ने क्षेत्र यी हुन्:

  • औषधि स्वास्थ्य सामग्री
  • -अत्याआवश्यक बस्तुको उत्पादन तथा विक्री वितरण
  • -कृषि तथा पशुजन्य बस्तुको उत्पादन तथा विक्रीवितरण
  • -औद्योगिक बस्तुको उत्पादन र विक्रीवितरण
  • -विकास आयोजनाहरुको सञ्चालनका लागि आवश्यक पर्ने ढुंगा, बालुवा लगायत निर्माण सामग्रीको ढुवानी
  • -न्यूनतम बैंकिङ सेवालाई सूचारु गर्ने
  • कृषि
  • -कृषि बाली लगाउने र भित्र्याउने
  • -पशुपंछीपालन, माछापालन, कुखुरापालन र विक्रीवितरण
  • -फलफूल तरकारी, दूग्ध र दूग्धजन्य पदार्थको उत्पादन, संकलन, भण्डारण र विक्रीवितरण
  • -नर्सरीबाट विरुवाको उत्पादन, घाँस तथा दाना उत्पादन र विक्रीवितरण
  • -कृषिबीउविजन उत्पादन, भण्डारण र विक्रीवितरण
  • -शीतभण्डारण
  • स्वास्थ्य/शिक्षा सेवा
  • -सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था, अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब, सबै प्रकारका खोपसहित अत्याआवश्यक सेवा
  • -औषधि तथा मेडिकल सामग्री र अक्सिनको उत्पादन र विक्रीवितरण
  • -औषधि पसल, आयुवेर्देिक पसल सञ्चालन
  • -एग्रोभेट र भेटिनरी पसल सञ्चालन
  • -जनक शिक्षा सामग्रीबाट पाठ्यपुस्तक विक्रीको अनुमति पाएका पुस्तक पसल खोल्न पाइने
  • ढुवानी सेवा
    -ढुवानीका साधन निसंक्रमित गरी निसंक्रमित निकायले जारी गरेर मापदण्डको पालना गरेर सञ्चालन गर्ने। चालक र परिचालकको स्वास्थ्य जाँच अनिवार्य
    -कृषि तथा पशुपन्छीजन्य ढुवानीका साधन
    -स्वास्थ्यजन्य ढुवानीका साधन
    -भन्सारबाट जाँच पास भएका साधन
    -उद्योग प्रतिस्ठानबाट लोड पास लिइ आएका मालसामान बोकेका र  गन्तव्यमा पुर्याएर फर्किरहेका ढुवानीका साधन
    -पानी,ग्यास र पेट्रोलियम पदार्थ बोकेका ढुवानीका साधन
    -औद्योगिक कच्चा पदार्थ र तयारी बस्तु बोकेका ढुवानीका साधन
    -विकास आयोजनामा प्रयोग हुने उपकरण र ढुवानीका साधन
    -कृषि सामग्री र मल बोकेका ढुवानीका साधन
    -एम्बुलेन्स सेवा
    -पाठ्यपुस्तक विक्रीका लागि जनकशिक्षा सामग्री केन्द्रबाट अनुमति लिएका ढुवानीका साधन
  • -ढुंगा, गिटी, बालुवासहित निर्माण सामग्रीको उत्पादन, भण्डारण र ढुवानी गर्न पाइने
    -सिमेन्ट उद्योग सञ्चालनका चाहिने चुनढुंगा, कोइला, क्लिन्करको संकलन र ढुवानी गर्न पाइने
  • विकास आयोजना
  • -राष्ट्रिय गौरवका आयोजना
  • -सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजना
  • -सिंचाइ आयोजना
  • -खानेपानी आयोजना
  • -विमानस्थल निर्माण
  • -सडक, पुल निर्माणका आयोजना
  • -सरकारी भवन निर्माण एवं प्रबलीकरणर, एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी नबढ्ने गरी सञ्चालन गरिने अन्य सहरी पूर्वाधारका आयोजना

-नदी नियन्त्रण सम्बन्धि काम

श्रमिकको दैनिक स्वास्थ्य जाँचको व्यवस्था गर्ने र एकै स्थानमा आवासको व्यवस्था गर्ने, श्रमिकलाई कार्यस्थलमै खानाखाजाको व्यवस्था गर्ने। स्थान अभाव भएमा स्थानीय तहको समन्वयमा सम्बन्धित वडाभित्रका सार्वजनिक भवन, विद्यालयको खाली भवन स्थानीय बासिन्दासँग सम्पर्क नहुने गरी सुरक्षित आवासको व्यवस्था गर्ने। खर्च सम्बिधन निर्माण व्यवसायीले व्यवहाेर्ने

उद्योग

  • -खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योग
  • -दूध तथा दूग्ध पदार्थ उत्पादन उद्योग
  • -औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योग
  • -खानेपानी उत्पादन गर्ने उद्योग
  • -इँटा उद्योग
  • – पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
  • -खाने तेल तथा घ्यू उद्योग
  • – चिनी उद्योग
  • – चिया प्रशोधन उद्योग
  • -खाना पकाउने एलपीजी ग्यास उद्योग
  • -प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
  • – कफी उद्योग
  • – पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
  • -नूडल्स तथा तयारी चाउचाउ उद्योग
  • – मसला उद्योग
  • – अलैंची र अदुवा प्रशोधन उद्योग
  • – कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
  • – धान चामल र चिउरा उद्योग
  • – दाल उद्योग
  • – पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
  • – खानी तथा खनिजजन्य उद्योग
  • – बालुवा प्रशोधन तथा क्रसर उद्योग
  • – सिमेण्ट उद्योग
  • – आइरन तथा स्टिल उद्याेग
  • – रंगरोगनका सामग्री उत्पादन गर्ने उद्योग
  • – जीआइ र प्लास्टिकपाईप र फिटिंगस् उद्योग
  • – बिजुलीका केबल तथा विद्युत्त सामग्री उत्पादन गर्ने उद्योग
  • – जुस तथा हल्का पेयपदार्थ उद्योग
  • – प्लाइउड र भेनिर उद्योग
  • – विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँगसम्बन्धीत उद्योग
  •  जस्ता पाता उद्योग
  • -हेभी मेशीनरी औजार मर्मत सम्भार/ खनिजजन्य उद्योग/ खानी/लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत
  • – समिल र काष्ठ उद्योग
  • -आल्मुनियम उद्योग/ ग्रील उद्योग
  • -फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
  • -ढुवानी तथा कार्गो सेवा उद्योग
  • -मेसिन पार्टपूर्जा वर्कसप उद्योग
  • -मोटर ग्यारेज वर्कसप उद्योग
  • -छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
  • -सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
  • -विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
  • -औद्योगिक क्षेत्रभित्र रहेका सबै उद्योग