४ बैशाख २०८१, मंगलवार

वृद्ध महिलाको भेषमा ह्वीलचेयरमा आएका व्यक्तिले मोनालिसाको चित्रमा केक छ्यापेपछि …

0569849e557bb5ff457e75e4368f3c871653982872

वृद्ध महिलाको भेषमा ह्वीलचेयरमा आएका एक व्यक्तिले पेरिसको लुभ्रमा लियोनार्दो दा भिन्चीको प्रसिद्ध चित्र मोनालिसामा केक प्रहार गरेका छन् । केक प्रहार हुँदा सो चित्रलाई ढाकेको सिसामा लागेको छ । 

विग र लिपिस्टिक लगाएका ती व्यक्तिले  मानिसहरूलाई ‘पृथ्वीको बारेमा सोच्न’ आग्रह गरेका थिए । सो घटनाइलाई प्रत्यक्षदर्शीहरूले अनौठो भनेका छन् । अमेरिकाबाट म्युजियममा पुगेका लुक सुन्डवर्ग पनि सो घटनाका प्रत्यक्षदर्शीहरूमध्येका एक हुन् । 

‘ह्वीलचेयरमा लुगा लगाएकोे एक मानिस एउटी वृद्धाको भेषमा चित्रतर्फ बढेर मुक्का प्रहार गरेर केक फालिदिए’ २० वर्षीय सुन्डवर्गले भने ।

ती मानिसलााई सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिएका थिए । ग्यालेरिमा गुलाफसमेत फालेका ती व्यक्तिलाई प्रहरीले घेरा हालेको थियो । प्रहरी घेराबीच उनले ‘पृथ्वीबारे सोच’ भनेका थिए । 
‘मानिसहरूले पृथ्वीलाई विनाश गरिरहेका छन् । यसबारे सोच्नुहोस । कलाकारले पृथ्वीको बारेमा सोच्न भन्छ । त्यही भएर मैले यो काम गरे ’, ३६ वर्षका ती व्यक्तिले भने ।

पक्राउपछि उनलाई प्रहरीको साइक्याट्रिक युनिटमा राखिएको थियो ।