१३ बैशाख २०८१, बिहीबार

किन बन्दैछ नेपाली आकाश असुरक्षित ?, के कारण भयो तारा एयरको विमान दुर्घटना ?

tara air accident

तारा एयर थासाङ गाउँपालिका अन्तर्गत कोबाङ गाउँकोमाथि सानुसरे भन्ने स्थानमा क्षतविक्षत अवस्थामा भेटिएको छ । २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु सवार तारा एअरको ९ एन एइटी विमानमा आईतबार १० बजेर १० मिनेटमा मुस्ताङको आकाशमा सम्पर्क विहिन भएको थियो ।

प्रारम्भिक अनुसन्धानबाट विमान खराव मौसमका कारण दूर्घटनामा परेको देखिएको छ । योसंगै पुन एक पटक हवाई सुरक्षाको वहस सतहमा आएको छ । २२ जना यात्रु सवार तारा एअरको ९ एन एइटी विमानमा २१ घण्टापछि मुस्ताङको थासाङ गाउँपालिका अन्तर्गत कोबाङ गाउँकोमाथि सानुसरे भन्ने स्थानमा छेतविच्छेद अवस्थामा भेटिएको छ ।

जसमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु सवार थिए । साथै, विमानका पाइलट प्रभाकर प्रसाद घिमिरे, को–पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा सवार थिए । विहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उडान भएको विमान उडान भएको केही समयपछि सम्पर्कविहीन भएको थियो । आइतवार जहाज सम्पर्क विहीन भएपछि निजी विमान कम्पनि र नेपाली सेनाले हेलिकप्टर मार्फत खोजी सुरु गरे, तर मौसम प्रतिकुलताका कारण सेनाको हेलिकप्टर पनि संम्भावित दुर्घटना भएको ठाउँमा पुग्न सकेन ।

आईतवार साझसम्मको प्रयास सार्थक नभएपछि सोमवार विहान बाट खोजी सुरु गर्ने गरी सुरक्षा संयन्त्रले थकाइ मार्यो । तर आइतवार जहाज दुर्घटनामा पर्नु अघि यार्सा गुम्वा टिप्न गएका स्थानीयले आकाशमा जहाज रन्थनिदै बाक्लो कुहिरो भित्र छिरेको र पछि पड्कीएको आवाज सुनेकाले अन्तत उनिहरुलेनै दुर्घटनाग्रस्त अवस्थामा जहाज सोमवार विहान फेला पारेका हुन । यो सहित नेपालमा ९७ वटा विमान दुर्घटना भएका छन् । जसमध्ये ५२ मा भने मानवीय क्षती समेत भएको छ । नेपालमा हवाईयात्राको शुरुवात वि.सं. २००६ देखि अहिलेसम्म ८ सय ७९ जनाभन्दा वढीले यसकै कारण ज्यान गुमाएका छन ।

तर वढ्दै गइरहेको हवाई दुर्घटनालाई न्युनिकरण गर्न सरकार र नागरिक उड्ययन प्राधिकरण तथा सरोकारवाला पक्षले वेवास्ता गर्दै आएका छन । विकट भौगोलिक अवस्था, प्रतिकुल मौसम, पर्याप्त सूचना संकलन र प्रवाह गर्न विमानस्थमा आधुनिक उपकरणको अभाव तथा पुराना मोडलका जहाजमा उपयोगी प्रविधि जडान नगरिनुलगायत कारण पनि नेपालमा हवाई दुर्घटना बढिरहेको छ । आईतबार पनि प्रतिकूल मौसमका कारण विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताएका छन । अर्कातर्फ वायु सेवा सन्चालनकहरुको लापरबाहीका कारण पनि विमान दुर्घटना हुने गरेको छ । बर्षौ पुराना जहाजले सेवा दिने तथा विमान समस्या आँउदा पनि चालककलाई दोष दिने गरेका घटनाहरु यसअघि पनि देखिएका छन ।

नेपालमा सञ्चालनमा रहेका हवाई कम्पनीले सीमित संख्यामा मात्र पाइलट राख्ने भएकाले पनि एउटै पाइलटलाई त्यसको बोझ बढी परिरहेको विज्ञहरुको तर्क छ । कम्पनीहरूले विकल्पमा अर्को चालक दल नराख्ने र एउटै समूहले उडान गरिरहँदा पर्याप्त आराम नपाउने जस्ता समस्या पनि नेपालमा छ । यद्यपी वायुसेवा सन्चालकहरु भने पछिल्ला दिनमा हवाई दुर्घटनाको दर घट्दै गएको बताउछन ।

कतिपय अवस्थामा छानबिन समितिलाई स्वतन्त्र रूपमा प्रतिवेदन तयार पार्न नदिँदा पनि त्रुटि दोहोरिने गरेको जानकारहरु बताउछन । अर्कातर्फ जहाज दुर्घटना भएपछि मात्रै हवाई सुरक्षाको विषय वहसमा आउने गरेको छ । त्यस्तै छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयमा लाने भन्दा दराजमै थन्काउने सरकार र सरोकारित निकायको वानीले समेत समस्या देखिएको छ । अर्कातर्फ छानविन समितिले बनाएको प्रतिवेदनमाथि पनि प्रश्न उठ्ने गरेका छन ।

अहिलेसम्म दुर्घटनाका सम्बन्धमा बनेका छानबिन आयोगका प्रतिवेदनले अधिकांश दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही औंल्याएका छन् । तर तिनै प्रतिवेदनमा जहाज सञ्चालक कम्पनीलाई जहाजको मर्मतसम्भार र प्राविधिक अवस्था चुस्त नदेखिएकाले सुधार गर्न सुझाव दिएको देखिन्छ । यसले पनि प्रतिवेदन कतै झारा टार्ने मेसो मात्रै त बन्दै छैन भनेर आशंका उब्जिएको छ ।