१५ चैत्र २०८०, बिहीबार

जेठ ४ गते सम्म लम्बियो लकडाउन, अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ सम्म बन्द

cabinet
फाइल फोटो

चैत ११ बाट सुरु भएको लकडाउन बिहीबार ४५ दिन पुग्दैछ । बिहिबार सकिने लकडाउन लाई बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको जोखिम अझै कायमै रहेको भन्दै १० दिन थप्ने निर्णय गरेको छ।

यो सँगै लकडाउन जेठ ४ गते सम्म लम्बिएको छ ।

त्यस्तै बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेका मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय रुपमै कोरोनाको महामारी बढीरहेको भन्दै बाह्य क्षेत्रबाट हुने खतरा रोक्न लागि अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द गर्ने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिए।