१५ चैत्र २०८०, बिहीबार

फिल्म दुनियाँका सुपरस्टार सलमान खानका अनेक कुरामा शौखिन

salman khan

बलिउडका सुल्तान सलमान खान फिल्म दुनियाँमा सबैभन्दा ठूलो सुपरस्टार हुन् । आफ्नो फिल्ममा भयंकर एक्सनका लागि प्रख्यात सलमान केही फरक कुरामा शौखिन छन् । चाहे त्यो शरीर बनाउने मामलामा होस् या सडकमा साइकल चलाउने बानीका कुरामा ।

सलमान बाल्यकालदेखि नै यस्ता काममा चासो राख्थे, जुन कामले उनलाई आनन्द दिलाओस् । सलमानको बाल्यकालका केही सोख आफैंमा रमाइला किसिमका थिए । जुन कुरा पढ्दा जोकोही पाठक हाँस्छन् ।

आप चोर्ने काम

सलमानका पिता सलिम खानले कैयौं पटक आफ्ना तीन छोरामध्ये सबैभन्दा फटाहा सलमान नै रहेको खुलाउँदै आएका छन् । सलमान बाल्यकालमा ग्वालियरको सिन्धिया स्कुलमा पढ्थे । स्कुलबाट गर्मीको बिदा भएपछि बिदाको आनन्द लिन इन्दोर आउँदा नियमित रुपमा साइकल कुदाउँथे । साइकलमा टाढा पुगेर बगैंचाहरूमा साथीहरूसँग आप चोर्दै खान्थे । उनी आँपसँगै जामुन पनि उत्तिकै चोर्थे ।

कुवामा पौडी

सलमानले पौडीको मामलामा महारथ नै हासिल गरिसकेका छन् । यो दाबी उनी स्वयं गर्छन् । तर, बाल्यकालमा सलमान पानीमा पौडिन निकै डराउँथे । एकदिन उनकी ठूली आमाले सलमानलाई डरबाट मुक्त राख्नका लागि शरीरमा डोरी बाँधेर कुवामा धकेलिदिएकी थिइन् । यसपछि सलमानलाई पानीमा डुब्ने डर समाप्त भएको थियो ।

स्कुटर र बलयगाडा चलाउने सोख

कलेज जीवनमा सलमानका अनौठा सोख थिए । अन्य साथीहर” बाइकमा कलेज जाँदा सलमान भने स्कुटरमा पुग्थे । गाउँमा जाँदा भने उनी गाउँ घुम्नका लागि बयलगाडा चलाउँथे ।

बाइक स्टण्टमा घाइते

बाइक चलाउने जोकोही खुला सडकमा बाइक चलाउन चाहन्छन् । तर सलमान यो मामलामा केही फरक थिए । उनी बिग्रिएका सडकमा बाइक र जिप स्टण्ट गर्थे । एकपटक उनले स्टण्ट दिँदा बाइक लडेपछि हात नै भाँचिएको थियो । जसकारण उनले पिता सलिमबाट गाली खानु परेको थियो ।