१५ चैत्र २०८०, बिहीबार

एघार हजार ८ सय ८३ जनप्रतिनिधि एमालेबाट निर्वाचित

Uml New office 1024x538 1

नेकपा एमालेका ११ हजार ८८३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगले गत वैशाख ३० गरेको स्थानीय तह निर्वाचनमा उनीहरु निर्वाचित भएका हुन् । 

नेपाली कांग्रेसपछि स्थानीय तह निर्वाचनमा एमालेबाट दोस्रो ठूलो संख्यामा जनप्रतिनिधि निर्वाचित भएका छन् । 

आयोगले वैशाख ३० गते एकसाथ सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । ३५ हजार २२१ जनप्रतिनिधिको लागि निर्वाचन गरिएको थियो । निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । 

आयोगका अनुसार प्रमुखमा ८२, अध्यक्षमा १२३, उपप्रमुखमा ११३, उपाध्यक्षमा १२६, वडाध्यक्षमा २ हजार १२९, महिला सदस्यमा २ हजार ३४३, दलित महिला सदस्यमा २ हजार २८७ र सदस्यमा ४ हजार ६८० जना एमालेका जनप्रतिनिधि निर्वाचित भएका छन् ।