८ बैशाख २०८१, शनिबार

अभिनेता आमीर खानको फिल्म ‘लाल सिंह चड्डा’ विवादमा

amir

बलिउड अभिनेता आमीर खानको फिल्म ‘लाल सिंह चड्डा’ दर्शकका लागि प्रतिक्षित फिल्म हो । यो फिल्म ११ अगष्टमा रिलिज हुँदै छ । फिल्ममा आमीरसँगै करिना कपुर प्रमुख भूमिकामा छन् । फिल्मको ट्रेलर २९ मे अर्थात् आईपीएलको फाइनलको अवसरमा रिलिज हुँदै छ ।

तर, ट्रेलर रिलिज हुनुअघि नै फिल्म विवादमा तानिएको छ । हिन्दु संगठनले यो फिल्मको विरोध गरेका छन् । यतिमात्र होइन संगठनसँग आवद्ध व्यक्तिहरूले आमीरको पोस्टरलाई नै जलाइदिएका छन् ।

उत्तर प्रदेशको सुल्तानपुरमा हिन्दु संगठनसँग आवद्ध व्यक्तिहरूले आमीर खान र फिल्मकोविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले आमीरको पोस्टर च्यातेर बाटोमा जलाएका छन् । उनीहरूले ट्रेलर रिलिजको दिन सडकमै आएर प्रदर्शन गर्ने चेतावनीसमेत दिएका छन् ।

‘आमीर खानलाई आईपीएलमा बोलाइएको छ । आमीर प्रायः भारतको संस्कृति र सभ्यताविरुद्ध बोल्दै आएका छन् । यी तिनै आमिर हुन्, जो हिजाबको ठूलो समर्थक हुन् । उनकी छोरी फेसबुकमा कस्ता फोटो शेयर गर्छिन् भन्ने कुरा सबैलाई थाहा नै छ । यतिमात्र होइन, उनको श्रीमतीलाई पनि भारतमा बस्न डर लाग्छ । यस्ता व्यक्तिलाई आईपीएल व्यवस्थापनले कसरी बोलाइरहेको छ, हामीले बुझ्न सकेको छैन’, सनातन रक्षक सेनाका प्रदेश उपाध्यक्ष राहुल सिंहले भनेका छन् ।