१६ चैत्र २०८०, शुक्रबार

विकल्प पाए जनता परिवर्तन हेर्न र गर्न तयार छन्, दलहरुलाई सके सच्चिन नत्र सक्किन संकेत

balen harka and gopal

मुलुक दलीय व्यवस्थामा चलिरहेको छ, तर निर्वाचनमा लहर स्वतन्त्र उम्मेदवारहरुले चलाइरहेका छन् । यसको उत्कष्ट नमुना यसपालीको स्थानीय तह निर्वाचनमा देखिएको छ ।

जसले राजनीतिक दलहरुले अवस्था यही रहे भविष्य अन्धकार देखिरहेका छन् । ६४ वर्षदेखि रुख र ३५ वर्षदेखि सूर्य जस्तो ब्राण्डेड चुनावचिह्नले कब्जा जमाएका दलहरुलाई एक महिनाअघि अस्तित्वमा आएको लौरोले कसरी लाठीचार्ज ग¥यो ? सर्वाधिक चासोको प्रश्न हो यो ।

किनकि ठूला राजनीतिक संगठन र लाखौं कार्यकर्तामाझ दशकौंदेखि स्थापित चुनाव चिह्नहरु विस्थापित हुनुको पृष्ठभूमि र संकेत पक्कै कमजोर छैन ।

काठमाडौं महानगरमा बालेन साह, धरान उपमहानगरमा हर्क साम्पाङ र धनगढी उपमहानगरमा गोपाल हमालको अप्रत्यासित जितले झनैदलहरुमाथि घोर विपत्तीको संकेत गरेको छ । यद्यपी यसको मुल उत्तर अहिले दलहरुप्रति बढ्दै गएको अविश्वासमा मात्रै केन्द्रीत छ त ? यसले दलहरुमा समेत डर भरिरहेको छ ।

देशभरका १४ पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारलाई जनताले सहजैनिर्वाचित गराइदिएका छन् ।विभिन्न पदमा करिब १२ हजार ६ सयले उम्मेदवारी दिएपनि ३ सय ८६ उम्मेदवार अनुमोदित भएका छन् । जुन पक्कै सानो संख्या होइन । त्यो पनि निकै फराकिलो मतान्तरले दलीय उम्मेदवार पछि परेका छन् ।

काठमाडौंमा बालेन साह निकटतम् प्रतिद्वन्द्वीभन्दा २३ हजार बढी मतले निर्वाचित भए ।धरानमा हर्क साम्पाङ झण्डै ५ हजार मतान्तरले विजयी भएका छन् । धनगढीमा गोपाल हमालले १२ बजार बढी मतान्तरले दलका उम्मेदवारलाई पराजित गरेका छन् ।

स्वतन्त्रमाथिको यो विश्यास दलहरुलाई सके सच्चिन नत्र सक्किन संकेत गरेको जानकारहरु बताउँछन् । जनताको एजेण्डाबाट दलहरु अलग हुन पुग्दा ‘ब्रान्डेड’ चुनाव चिह्नप्रति विद्रोह गरेको अर्थमा समेत यो पटकको निर्वाचनलाई हेरिएको छ ।

विकल्प पाए जनता परिवर्तन हेर्न र गर्न तयार छन् भन्ने सन्देशसमेत दिएको छ । तराईका बालेन काठमाडौंका नेवारीसँग हातेमालो गर्दछन् ।

नेवारी खलकका राजेशमान सिंह मधेशको वीरगञ्जमा सेवा थाल्दैछन् । यसले जातिय र साम्प्रादीयक चिन्तनबाट समेत जनता मुक्त भएर परिवर्तन चाहेका छन् भन्ने सन्देशमात्रै दिएको छैन्, यसकै आडमा राजनीति नगर्न समेत दलहरुलाई झापड हानेको छ ।