१३ बैशाख २०८१, बिहीबार

संघीयताले छोएन चुमनुब्रीका स्थानीयलाई

gorkha chumri

नागरिकको सबैभन्दा नजिकको सरकार, स्थानीय तहमा दोस्रो कार्यकालका लागि समेत जनप्रतिनिधि निर्वाचित भइसकेका छन् । संघीयताको स्वरुप निर्धारणका क्रममा भौगोलिक सीमाङ्कन र नामाकरण त भयो । तर गोरखाको विकट चुमनुब्री गाउँपालिकावासीले अझै संघीयताको अनुभव गर्न पाएका छैनन् ।

संघीयताको संरचना निर्माणका क्रममा सात वटा साविक सिर्दीवास, छेकम्पार, चुम्चेत, विही, प्रोक, ल्हो र सामागाउा गाविस मिलाएर गोरखाको चुमनुब्री गाउापालिका बन्यो । चीनको सीमासंग जोडिएको यो गाउापालिकामा अहिलेसम्म सडक सञ्जाल पुगेको छैन । पहिरो र ढुङ्गो खस्ने सााघुरो भीरको बाटो हिड्नु र खच्चडमा दैनिक उपभोग्य बस्तु बोकाएर खानुबाहेक उनीहरुसंग अरु विकल्प छैन । भएको सीमित स्वास्थ्य चौकीमा सामान्य उपचार गरेर थप उपचारका लागि ऋण खोजेर हेलिकप्टरबाट ज्यान बचाउन शहर लैजानुपर्ने बाध्यता छ ।

चुमनुब्रीमा २ वटा माध्यमिक र एक आधारभूत विद्यालय मात्र छ । कतिपय वडाबाट गाउापालिकाको केन्द्रसम्म आइपुग्न दुइ दिन हिड्नुपर्छ । भौगोलिक विकटता र सेवा प्रवाहमा कठिनाईले चुमनुब्रीका बासिन्दाले संघीयताको अनुभव गर्न पाएका छैनन् । एकहजार ६ सय ४८ दशलव ५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको चुमनुब्री गाउापालिकाको कूल जनसंख्या ६ हजार ७ सय ८९ छ ।