१३ बैशाख २०८१, बिहीबार

करिब आठ महिनाको अवधिमा पार्टीले निर्वाचनमा गरेको सफलता उत्साहका रूपमा लिनुपर्छ: मन्त्री झाँक्री

Ram Kumari Jhakri
फाइल फोटो

हरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माण भएको करिब आठ महिनाको अवधिमा स्थानीय तहको निर्वाचनमा पार्टीले प्राप्त गरेको सफलतालाई उत्साहका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

गुल्मी काठमाडौँ सम्पर्क मञ्चले शुक्रवार आयोजना गरेको स्थानीय तह निर्वाचनको समीक्षा कार्यक्रममा मन्त्री झाँक्रीले छोटो समयमा पार्टी र चुनाव चिह्न यति धेरै जनताका बिचमा पुग्न सक्नु र मत पाउनुलाई ठूलो उपलब्धिका रूपमा लिनुपर्ने बताउनुभयो ।

स्थानीय तह निर्वाचनमा देशका विभिन्न जिल्लामा भएको चुनावी गठबन्धन अधिकांश ठाउँमा सफल भएको बताउँदै उहाँले निर्वाचनमा भएका केही कमी कमजोरीलाई शिक्षाका रूपमा लिएर आगामी सङ्घ र प्रदेशको निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।

मन्त्री झाँक्रीले आफू गुल्मेली जनताको साथ र सहयोगबाट लामो समयदेखि राजनीतिमा सक्रिय भए पनि गुल्मेली जनताको प्रत्यक्ष जनमतबाट देश र जनताको सेवा गर्न आतुर रहेको उल्लेख गर्नुभयो ।

पार्टीको सचिव समेत रहनुभएकी झाँक्रीले पार्टीका नेता तथा कार्यकर्ताहरूसँगै गुल्मेली जनतालाई निराश हुन नदिने र आगामी सङ्घको निर्वाचनमा गुल्मीबाट आफू उम्मेदवार बन्ने घोषणा गर्नुभयो ।