१५ चैत्र २०८०, बिहीबार

बाध्यात्मक मूल्यवृद्धि : आपूर्तिमन्त्री बडू

badu

सरकारले रुस-युक्रेनको युद्धका कारण नेपालमा बाध्यात्मक मूल्यवृद्धि गर्नुपरेको बताएको छ । 

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले रुस-युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएको र अन्तर्राष्ट्रिय मूल्यमा अप्रत्यासित वृद्धि भइरहेका कारण नेपालमा पनि बाध्यात्मक मूल्यवृद्धि गर्नुपरेको जानकारी दिए । 

विशेष समय लिएर बोलेका मन्त्री बडूले नेपाल-भारत सरकारबीच भएको सम्झौताअनुसार अन्तर्राष्ट्रिय मूल्यमा भारतीय आयल निगमबाट इन्धन खरिद गर्ने गरिएको बताए । 

अन्तर्राष्ट्रिय मूल्यका आधारमा हुने मूल्य समायोजनाअनुसार नेपाल आयोल निगमलाई पेट्रोलमा दुई अर्ब, डिजेलमा तीन अर्ब ३९ करोड र एलपी ग्यासमा मासिक दुई अर्ब ९२ करोड घाटा रहेको भन्दै उनले निगम मासिक ६ अर्ब ७१ करोड घाटामा रहेको बताए । 

२२ अर्ब ४० करोड भारतीय आयल निगमर्ला तिर्न बाँकी रहेको जानकारी दिँदै उनले इन्धनमा लगाइएको घर घटाएर मूल्य घटाउने प्रस्ताव १० जेठमा मन्त्रिपरिषद्ले निर्णय गरिसकेको बताए । सोहीअनुसार अहिले अर्थमन्त्रालयमा गृहकार्य भइरहेको उनकाे भनाइ छ ।