६ बैशाख २०८१, बिहीबार

मन्त्री झाँक्रीको ओलीलाई चुनौती, ‘तीन घण्टा बोल्न मात्र त म पनि सक्छु’

ramkumari
फाइल फोटो

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले प्रभावमा परेर सर्वोच्च अदालतले निजगढ विमानस्थल नबनाउनू भन्ने आदेश दिएको आरोप लगाउनुभएको छ ।

नयाँ शहर युटिलिटी कोरिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा मन्त्री झाँक्रीले सर्वोच्चले गरेको यो निर्णय कुन आधारमा टेकेर गरेको निर्णय हो भन्दै प्रश्न गर्नुभयो ।

मन्त्री झाँक्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार संसदमा गरेको सम्बोधनमाथि पनि प्रश्न उठाउनु भयो । उहाँले अध्यक्ष ओलीले गरेको सम्बोधनको कुनै तुक नरहेको टिप्पणी गर्नुभयो ।

मन्त्री झाँक्रीले नीति नियमको दुरुपयोगका कारण चक्रपथ बाहिरको सडक नबनेको दाबी गर्नुभयो ।