१७ असार २०७९, शुक्रबार

टिकटक स्टार तथा टेलिभिजन कलाकारको विद्रोहीद्वारा हत्या

amreena bhat

जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ । टिकटक स्टार ३५ वर्षीया अम्रिन भाटलाई विद्रोहीले  गोली हानी हत्या गरेका हुन् । आक्रमणमा महिलाका १० वर्षीया भतिजा पनि घाइते भएका छन् । 

लश्कर–ए–तैइबा (एलईटी) मा आबद्ध कार्यकर्ताले बुधबार साँझ उनको हत्या गरेको प्रहरीले जनाएको छ । 

‘विद्रोहीले करिब ७ बजेर ५५ मिनेट जादा अमरीन भाटलाई उनको घरमा गोली हानेका थिए । उनलाई घाइते अवस्थामा अस्पताल लगिएको थियो । अस्पताल लैजानेवित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरे’, कश्मिर प्रहरीले भनेको छ । 

युवतीको हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    सम्बन्धित समाचार...