१३ बैशाख २०८१, बिहीबार

कांग्रेसका श्यामप्रसाद यादव निर्वाचित गढीमाई नगरपालिकाको मेयरमा

cong

रौतहटको गढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसमा उम्मेदवार श्यामप्रसाद यादव विजयी भएका छन् । कारीब ५ सय ५८ मतको मतान्तरसहित यादब विजयी भएका हुन । 

यादवले ८ हजार ६ सय ३१ मतसहित मेयरमा विजयी भए भने यादवका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार शेख अबुलकलाम आजादले ८ हजार ७३ मत प्राप्त गरे ।

उपमेयरमा जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार स्मिताकुमारी यादव ६ हजार ६७१ सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार नागेन्द्र सिंहले ५ हजार ९०२ मत ल्याए ।  

रौतहटको १८ मध्ये १६ वटा पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । फतुवा विजयपुर र गरुडाको मतगणना जारी छ ।