१५ चैत्र २०८०, बिहीबार

राजीवको उम्मेदवारी एन्फा अध्यक्षमा

Anfa

अखिल नेपाल फुटबल संघ (एन्फा) का मार्केटिङ एण्ड एजुकेसन समिति प्रमुख तथा फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीवराज पौड्यालले आगामी ६ असारमा हुने एन्फा निर्वाचनमा उम्मेदवारी दिएका छन् । 

सोमबार पत्रकार सम्मेलन गर्दै राजीवले उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका हुन् । एसियाली फुटबल महासंघ एएफसीको मार्केटिङ कमिटीको सदस्यसमेत रहेका राजीवले फुटबल विकासको लागि आफूले उम्मेदवारी दिएको बताए । 

उनले पाँच पृष्ठको योजना निकाल्दै आफ्नो उम्मेदवारी दिने घोषणा गरेका थिए । 

उनले आफ्नो प्राथमिकतामा रहेका पाँच योजना समेत प्रस्तुत गरेका थिए । जसमा सुशासन, ग्रासरुट युवा तथा महिला फुटबल, खेल पूर्वाधार र क्षमता निर्माण, प्रतियोगिता र राष्ट्रिय टिम  तथा सरोकारवाला रहेको छ । 

यसअघि दुई समूह बनाउँदै वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्षले आगामी चार वर्षे कार्यकालका लागि उम्मेदवारी घोषणा सहित दर्ता गराएका छन् ।

    सम्बन्धित समाचार...