१५ चैत्र २०८०, बिहीबार

गठबन्धनलाई हराउँदै एमाले विजयी मोरङको सुन्दर हरैँचा नगरपालिकामा

uml

मोरङको सुन्दर हरैँचा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै केदारप्रसाद गुरागाईं मेयर र अकली चौधरी उपमेयरमा निर्वाचित भएका हुन् ।

गुरागाईँले निवर्तमान मेयरसमेत रहेका कांग्रेसका शिवप्रसाद ढकाललाई हराएका हुन्। गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत पाए ।

उपमेयरमा चौधरी २२ हजार ४ सय ५२ मतसहित विजयी भएकी हुन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए ।