१५ चैत्र २०८०, बिहीबार

नेकपा एसका राई दोस्रो कार्यकालको लागि निर्वाचित

ilam 1

नेकपा(एकिकृत समाजवादीका) सम्मानित नेता झलनाथ खनालको गृह नगर इलामको सूर्योदयमा नेकपा एसका रणबहादुर राई निर्वाचित भएका छन् ।सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका राईले नेकपा एमालेका उम्मेदवार काजिमान कागतेलाई पराजित गरेका हुन् । काजिमान कागते प्रदेश सासंदबाट राजीनामा दिएर दिएर नगरपालिका प्रमुखको उम्मेदवार बनेका थिए । राई सूर्योदय नगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । राईले १२ हजार ४३१ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी एमालेका कागतेले दश हजार ५७९ मत पाएका छन् । राईले कागतेलाई एक हजार ८५२ मतान्तरले पराजित गरेका हुन् । राई २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार भएर नगरप्रमुख निर्वाचित भएका थिए ।

एमाले विभाजनपछि राई नेकपा एसमा लागेका थिए । नगरपालिकाको उपप्रमुखमा भने कांग्रेसका दुर्गा बराल निर्वाचित भएका छन् । उनले एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईलाई पराजित गरेका हुन् । गठबन्धनबाट उम्मेदवार बनेका बरालले ११ हजार ८५४ मत प्राप्त गरेका छन् भने भट्टराईले नौ हजार १२२ मत प्राप्त गरिन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेकी भट्टराई उपप्रमुखमा निर्वाचित भएकी थिइन् । उपप्रमुख दोहो¥याउ उनको चाहानामा काँग्रेसका बरालले पुरा हुन दिएनन् । सूर्योदय नगरपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका राजकुमार सेरेङ, २ मा एमालेका डिक बम्जन, ३ मा का्रग्रेसका लोकबहादुर प्रधान, ४ मा नेकपा एसका शरण राई निर्वाचित भएका छन् । त्यस्तै वडा नं ५मा का्रग्रेसका उर्गेन बम्जन, ६ मा एमालेका शिवकुमार बस्नेत, ७ मा कांग्रेसका एलबी राई, ८ मा कांग्रेसका जंग गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् ।

यसैगरी ९ मा नेकपा एसका देवेन्द्र आचार्य, १० मा नेकपा एसका पेमा उर्गेन (भाइचुङ), ११ मा कांग्रेसका सन्तोष राई, १२ मा नेकपा एसका डोलेन्द्र भारध्वज, १३ मा नेकपा एमालेका हेम आचार्य र १४ मा कांग्रेसका बलबहादुर समाल निर्वाचित भएका छन् । एमाले र गठबन्धनको पाँच÷पाँच पालिका सूर्योदयको मत परिणाम सार्वजनिक भएसँगै इलाममा मतगणना कार्य सम्पन्न भएको छ ।

इलाम नगरपालिकाको प्रमुखमा कांग्रेसकी केदार थापा, उपाध्यक्षमा कांग्रेसकै बिष्णु सुब्बा निर्वाचित भएका छन् । सन्दकपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका तुला गुरुङ, उपाध्यक्षमा नेकपा एसका हरी लुङ्गेली मगर, रोङ गाउँपालिका अध्यक्षमा काँग्रेसका मणीकुमार स्याङबो (सुवास) र उपाध्यक्षमा एमालेकी विष्णु माया भुजेल, चुलाचुली गाउँपालिका अध्यक्षमा कांग्रेसका राजेन्द्र केरुङ, उपाध्यक्षमा एमालेकी दिलु लावती निर्वाचित भएकी छिन् ।

देउमाई नगरपालिका प्रमुखमा एमालेका सूर्य पोख्रेल, उपप्रमुखमा एमालेकी पविमाया राई निर्वाचित भएकी छिन् । त्यस्तै, माई नगरपालिका प्रमुखमा एमालेका खम्बसिंङ लिम्बु, उपप्रमुखमा एमालेकी हिमा भण्डारी निर्वाचित भएका छन् । फाकफोकथुम गाउँपालिमाको अध्यक्षमा एमालेका दिपेन्द्र खनाल र उपाध्यक्षमा एमालेकी कल्पना राई, माङसेबुङ गाउँपालिकामा एमालेका हेमन्त राई उपाध्यक्षमा जनता समाजवादी पार्टीका विनोद नेम्वाङ निर्वाचित भएका छन् ।

माइजोगमाई गाउँपालिका अध्यक्षमा कुशबहादु राई र उपाध्यक्षमा काँग्रेसकी प्रविना राई निर्वाचित भएका छन् । प्रमुख उपप्रमुख पनि गठबन्धन र एमालेको बराबरी इलाममा नेकपा एमालेका तर्फबाट १० जना प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षमा निर्वाचित भएका छन् । कांग्रेसका सात जना प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एसको तर्फबाट प्रमुख र उपाध्यक्ष गरी दुई जना निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टीका एक जना उपाध्यक्षमा निर्वाचित भएका छन् । गठबन्धनबाट एक प्रमुख र दुई उपाध्यक्ष पाएको माओवादी केन्द्रले भने प्रमुख र उपाध्यक्ष पदमा विजयी हुन सकेन । गठबन्धनबाट माई नगरपालिकाको प्रमुख, चुलाचुली गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको उपाध्यक्ष माओवादी केन्द्रले पाएको थियो । गठबन्धन कायम रहेमा जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र गठबन्धनको मत बराबर हुने भएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनमा पालिका प्रमुख उपप्रमुख अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । एमाले र गठबन्धनको बराबरी मत भएपछि जिल्ला समन्वय समितिको निर्वाचन रोचक हुने भएको छ ।