१४ बैशाख २०८१, शुक्रबार

निवृत्तिभरणको व्यवस्था गर्न माग

Kamala Roka
फाइल फोटो

किसानलाई योगदानमा आधारित पेन्सन (निवृत्तिभरण)को व्यवस्था गर्न माग गरिएको छ ।  

बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९÷८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी बिहीबार सहभागी भएकी माओवादी केन्द्रकी सांसद कमला रोकाले किसानलाई पेन्सनको व्यवस्था  गर्न माग गरेकी हुन् । 

किसानलाई योगदानमा आधारित पेन्सनको व्यवस्था गर्नुपर्ने बताउँदै उनले किसानमैत्री र हितका लागि कार्यक्रम ल्याउनुपर्ने बताइन् । 

उक्त छलफलमा सहभागी अधिकांश सांसदले कृषिमा आधुनिकीकरण र यान्त्रिकरण गर्नुपर्नेमा जोड दिएका छन् ।

किसानले उब्जाएको वस्तुको न्यूनतम मूल्य पनि सरकार तोक्नुपर्नेमा जोड दिएका सांंसदहरुले कृषिलाई आधुनिकीकरण र यान्त्रिकरण नगरी देश समृद्ध नहुने बताएका छन् ।  

    सम्बन्धित समाचार...