७ बैशाख २०८१, शुक्रबार

मतान्तर फराकिलो बनाउँदै रेनु

Bharatpur Mayour

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छन् । ३१ हजार ६९३ मतगणना हुँदा उनले २ हजार १९८ मतको अग्रता लिएकी छन् ।

रेनुले ११ हजार ७१६ मत पाउँदा एमालेका विजय सुवेदीले नौहजार ५१८ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ५ हजार १४७ मत पाएका छन् । भरतपुर महागरपालिकामा अहिले ७ र ८ नम्बर वडाको मतगणना भइरहेको छ ।