७ बैशाख २०८१, शुक्रबार

सबै प्रकारका सेवा सुविधा बन्द मत गणना नसकिए सम्म कटारीमा

katari nagarpalika

उदयपुरको कटारीमा मत गणनाको कारणले गर्दा नगरपालिकाबाट प्रवाह हुने सबै प्रकारका सेवा सुविधा काम बन्द गरिएको छ । आज बुधबार नगरपालिकाले एक सूचना जारी गर्दै उक्त कुरा बताएको हो ।

कटारीका प्रमुख प्रशासकिय अधिकृतका अनुसार नगरपालिका कार्यालमा मत गणना गरिने भएकाले अत्यावश्यक काम बाहेका सबै सेवा सुविधा अनिचितकालको लागि बन्द गरिएको बताएका छन् ।

उक्त बन्द अवधिमा सेवाग्राहीलाई हुने कठिनाई प्रति नगरपालिकाले क्षमाप्रार्थी रहेको समेत सूचनामा उल्लेख गरिएको छ ।

१३ र १४ मा एमाले वडा अध्यक्षमा विजयी

कटारी नगरपालिकाको १३ र १४ नं. वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं १३ मा एमालेका शम्भु क्षेष्ठले ४८९ मत प्राप्त गरी बिजयी भएका छन् ।

यस्तै वडा नं. १४ मा एमालेकै अम्बरबहादुर मगर विजयी भएका हुन् । अमर मगरले ५७३ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

 दुई वटा वडामा मत गणना गर्दा नेपाली काग्रेसका नगर प्रमुखका उम्मेदवार राजेशचन्द्र श्रेष्ठले ९२१ मत नेकपा एमालेका ज्ञानेन्द्र श्रेष्ठले ९०४ मत पाएका छन् । त्यसैगरी स्वतन्त्र केपी बरालले ८९ मत पाएका छन् । नगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रले ७३६ मत, नेकपा एमालेकी गिता खड्काले ९५७ मत पाएकी छिन् भने स्वतन्त्रले १३७ मत ल्याएका छन् । 

चौदण्डीगडीमा एमालेको लामा र दुलाल निर्वाचित

उदयपुरको चौदण्डीगढी नगरपालिकाको नगर प्रमुख र उप–प्रमुख पदमा एमाले निर्बाचित भएका छन् । नगर प्रमुख पदमा एमालेबाट उम्मेदवारी दिएका कालुमान लामाले ८८६३ मत प्राप्त गरेको छ ।

निकटतम प्रतिस्प्रर्धी काँग्रेसका खगेन्द्र राईले ८०१२ मत प्राप्त गरेको छ । नगर प्रमुखमा ८५१ मतान्त।ले लामा निर्बाचित भएका हुन । त्यसैगरी नगर प्रमुखमा नेकपा एकिकृत समाजवादीका नरेन्द्रकुमार राउतले ४३७५ मत प्राप्त गरेको छ । 

नगर उप–प्रमुखमा एमालेकै मणिकादेवी दुलालले ९५६६ मत प्राप्त गरि बिजयी भएकी छिन् । उनका निकटतम प्रतिद्धन्द्वी नेपाली काग्रेसका रिताकुमारी चौधरीले ७७६० मत प्राप्त गरेकी छिन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका हिरा थापा तिम्सिनाले ३५११ मत प्राप्त गरेको छ । 

त्यसैगरी वडाध्यक्षहरुमा क्रमश १ मा नेकपा एमालेका सिताराम राई, २ मा नेकपा एमालेका हरिबहादुर खडका, ३ मा नेपाली काग्रेसका पर्शुराम राई, ४ मा नेकपा एमालेका लुङ्गाराज राई, ५ मा नेकपा एमालेका तुलसीराम ढकाल, ६ मा नेपाली काग्रेसका अम्बरबहादुर खड्का, ७ मा नेकपा एमालेका केशब अधिकारी, ८ मा नेकपा एमालेका भगनाथकुमार मगर, ९ मा नेकपा एमालेका प्रकाशकुमार राउत र १० मा नेकपा एमालेका धर्मेन्द्रकुमार खड्का निर्बाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।