७ बैशाख २०८१, शुक्रबार

ठबन्धनको उम्मेदवारहरुको अग्रता कायमै हेटौंडामा

Gathabandhan 2 768x391 1

हेटौँडा उपमहानगरपालिकामा गठबन्धनको उम्मेदवारहरुको अग्रता कायमै रहेको छ ।

हालसम्म ४३ हजार ३ सय ७० मत गणना हुँदा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामाले अग्रता बनाइरहेकी छिन् । त्यसैगरी उपमेयर पदमा पनि गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका राजेश बानियाँले ठूलो मतान्तरले अग्रता लिएका छन् । लामाले १३ हजार ३ सय ५८ मत प्राप्त गर्दै अग्रता बनाएकी छिन् ।

राप्रपाका दीपकबहादुर सिंहले १२ हजार ५ सय ८५ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् भने नेकपा एमालेका अनन्त प्रसाद पौडेलले १२ हजार ३ सय ३५ मत प्राप्त तेस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी उपमेयर पदमा कांग्रेसका राजेश बानियाँले १९ हजार ४ सय ५१ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई कायमै राखेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सुमित्रा काफ्लेले १३ हजार ८ सय ७४ प्राप्त गर्दै दोस्रो स्थानमा रहेकी छिन् भने राप्रपाकी इन्दीरा न्यौपानेले ३ हजार १ सय ५३ मत प्राप्त गरेकी छिन् ।

हालसम्म हेटौडाको वडा नम्बर १, २, ३, ६, १६, १७, १८ तथा १९ नम्बरको नतिजा सार्वजनिक भईसकेको छ । नतिजा अनुसार १, २, ३, ६, १६ तथा १७ मा नेपाली कांग्रेसका उम्मेदवारले विजय हासिल गरेका छन् भने १८ र १९ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।