१५ चैत्र २०८०, बिहीबार

सधैँ कालो चश्मामा देखिने बालेन चश्मा नलगाइ पुगे ललितपुरको मतगणनास्थल

balen shah 3

चर्चित र्‍यापर एवम् मेयरका उम्मेदवार बालेन साह ललितपुर महानगरको मत गणनास्थलमा पुगेका छन् ।

काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी रहँदा अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार साह भने ललितपुरको मतगणना स्थल पुगेका हुन् ।

उनी त्यहाँ ललितपुर महानगरपालिकाको वडा नम्बर १० का वडाअध्यक्षका उम्मेदवारको प्रतिनिधि बस्न पुगेका हुन् । अहिले ललितपुरको वडा नम्बर १० को मतगणना सुरु हुन लागेको छ ।

वडाअध्यक्षमा स्वन्त्र उम्मेदवारी दिएका नरसिंह व्यन्जनकारको प्रतिनिधिको रूपमा सहभागि हुन पुगेका हुन् । व्यञ्जनकारलाई बालेनले आफ्नो राजनीतिक गुरु मान्ने गर्छन् । व्यञ्जनकारले पञ्चायतकालदेखि हरेकपटक सोही वडाबाट निरन्तर वडाध्यक्ष जित्दै आएका छन् ।

सधैँ कालो चश्मामा देखिने गरेका बालेन यहाँ चश्मा नलगाइकन आएका थिए ।

balen shah 2
balen shah 1