६ बैशाख २०८१, बिहीबार

दोब्बर बढी मतको अग्रता बालेन्द्र साहको काठमाडौंमा

keshab balen

काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाहले १५ हजार ५ सय ५३ मत प्राप्त गर्दा केशव स्थापितले ६ हजार ७ सय ६ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले पाँच हजार ३८५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ । उपप्रमुख पदमा एमालेका तर्फबाट सुनिता डङ्गोलले ११ हजार ४८५ मतले अग्रस्थानमा रहनुभएको छ ।

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले दुई हजार ७८४ मत प्राप्त गर्नुभएको छ । हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नं ३, ४, ५, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ ।

वडा नं १ र २ को मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ, २ मा एमालेकै तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ ।