१६ चैत्र २०८०, शुक्रबार

लाइसेन्सको नयाँ आवेदन पुनः खुला गर्ने गरी तयारी

yatayat

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन पुनः खुला गर्ने गरी तयारी गरेको छ ।

विभागले नयाँ प्रणालीमा आधारित रहेर अबको एक साताभित्र आवेदन खोल्न लागेको हो ।

नयाँ प्रणालीअन्तर्गत जुनसुकै स्थानमा रहेका मानिसले देशमा रहेका यातायात कार्यालयबाट सेवा लिन सकिने बताइएको छ ।

प्रविधिमा आधारित नयाँ प्रणाली प्रयोगमा आएसँगै सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने विभागको भनाइ छ ।

नयाँ प्रणाली अनुसार अब सेवाग्राहीले आवेदनसँग सम्बन्धित सबै काम अनलाइन प्रणालीबाटै गर्न पाउने छन् । यसले यातायात कार्यालयमा भिड कम हुने बताइएका छन् ।

आवेदन दिएको ‘१५ दिनमा’ पालो आउने गरी व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ । नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि अनलाइनबाटै शुल्क तिर्न सकिनेछ ।