४ बैशाख २०८१, मंगलवार

स्टार खेलाडी पाउलो डिबला र जर्जिओ चिलिनीको बिदाई खेलमा युभेन्ट्स रोकियो

juv

स्टार खेलाडी पाउलो डिबला र जर्जिओ चिलिनीको बिदाई खेलमा २-० को अग्रता जोगाउन नसक्दा इटालीयन सिरी ए खेलमा युभेन्ट्स लाजियोसँग २-२ गोलको बराबरीमा रोकिएको छ । 

घरेलु मैदान एलिएन्ज स्टेडियममा भएको खेलमा डुसान भ्लाहोभिच र अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सलाई २-० को सुरुआती अग्रता दिलाए । तर भ्रमणकारी टोली लाजियोको लागि सर्गेज मिलिन्कोभिकले एक गोल गर्दा युभेन्ट्सका एलेक्स सान्द्रोले आत्माघाती गोल गरे । 

खेलसंगै युभेन्ट्सले पाउलो र चिलिनीको बिदाई गरेको छ । दुबैले सिजनको अन्त्यमा क्लब छाड्ने निर्णय लिएका थिए । बराबरीसँगै युभेन्ट्स ३७ खेलबाट ७० अंक जोडेर चाैथाे स्थान छ । समान खेलबाट लाजियो ६३ अंक जोडेर पाँचौं स्थानमा छ ।

ju 2
ju 4