१३ बैशाख २०८१, बिहीबार

खड्कबहादुर विश्वकर्माको वडामा माओवादी विजय

maiost

नेकपा विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) को वडामा माओवादी केन्द्र विजयी भएकाे छ । प्रवक्ता विककाे गृह जिल्ला कालिकोटको नरहरिनाथ गाउँपालिका–६ मा माओवादी केन्द्रका पौरम विक विजय भएका हुन् । 

विकले ३३६ मत ल्याएर विजयी भएका हुन् । विप्लव समूहका कट विक (अखडा)ले २२१ मत ल्याएका थिए । कालिकोटका ९ वटै स्थानीय तह र ८२ वडामा नै विप्लव समूहले उम्मेदवारी दिएको थियो ।