१६ चैत्र २०८०, शुक्रबार

कांग्रेसका कोइराला सुन्दरबजारकाे मेयरमा, उपमेयरमा एमालेकी केसी विजयी

congress uml

लमजुङको सुन्दरबजार नगरपालिका मेयरमा कांग्रेसका कृष्णप्रसाद कोइराला विजयी भएका छन् । कोइराला ६ हजार ६ सय ४१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका भीमबहादुर गुरुङले ६ हजार ३६ मत ल्याएका छन् ।

राप्रपाका सन्तबहादुर बस्नेतले ३ सय ८५ मत र मंगोल नेसनल अर्गनाइजेसनका भीमराज गुरुङले ५१ मत ल्याए ।

उपमेयरमा एमालेकी भवानी केसी निर्वाचित भएकी छन् । केसीले ५ हजार १८ मत ल्याइन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार द्वारिकाप्रसाद मिश्रले ४ हजार ४ सय ७५ मत ल्याए । सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार एकीकृत समाजवादीका रामबाबु अधिकारीले २ हजार २ सय ४ मत ल्याए ।