१२ बैशाख २०८१, बुधबार

लाेसपाका साह विजयी खडक नगरपालिका-१ मा

losapa 1

सप्तरीको खडक नगरपालिका-१ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा राजकुमार साह आठ सय ११ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का सिंहेश्वर मण्डलले ६३८ मत प्राप्त गरेका छन् ।

वडा नम्बर २ मा जसपाका हरेराम मण्डल निर्वाचित भएका छन् । उनले २६८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका धर्मदेव साहले ३५९ प्राप्त गरे ।

यस्तै, शम्भुनाथ नगरपालिका-१ मा नेपाली कांग्रेस वडा अध्यक्षका उमेदवार जीबछ साहको प्यानल विजय भएको छ।