८ बैशाख २०८१, शनिबार

मतगणना २५ पालिकामा सकियाे: एमाले १० कांग्रेस ९ पालिकामा विजयी

three party

स्थानीय तह निर्वाचनअन्तर्गत २५ पालिकामा मतगणना सकिएको छ । मतगणना सकिएका २५ मध्ये १० पालिकामा जित हासिल गरेर एमाले अग्रता स्थानमा छ । एमालेलाई टक्कर दिइरहेको कांग्रेसले अहिलेसम्म ९ वटा पालिकामा जितेको छ । यस्तै, माओवादी केन्द्रले चार र एकीकृत समाजवादीले दुई स्थानीय तहमा जित हासिल गरेको छ ।

एमाले विजयी भएका पालिका
१. मनाङ ङिस्याङ गाउँपालिका मनाङ, कान्छा घले
२.चामे गाउँपालिका मनाङ, लोकेन्द्रबहादुर घले
३.घेकर दामोदरकुण्ड गाउँपालिका मनाङ, लोप्साङ छोम्पेल विष्ट
४.बारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङ, रिङजिन नामगेल गुरुङ
५.लोमान्थाङ गाउँपालिका मुस्ताङ, टसी न्वर्वु गुरूङ
६. से फोक्सुण्डो गाउँपालिका डोल्पा, धावा सम्डुङ गुरुङ
७.साइपाल गाउँपालिका बझाङ, मानबहादुर बोहरा
८.खुम्बु पासाङल्हामु गाउँपालिका सोलुखुम्बु, मिङ्मा छिरी शेर्पा
९. बौदीकाली गाउँपालिका नवलपुर, प्रकाश ओझा

१०.थलारा गाउँपालिका बझाङ, प्रकाश रोकाया
११. थासाङ गाउँपालिका मुस्ताङ, प्रदीप गौचन

कांग्रेस विजयी भएका पालिका
१. नार्पाभूमि गाउँपालिका मनाङ, कोन्जो तेन्जिङ लामा
२. नासोँ गाउँपालिका मनाङ, धनबहादुर गुरुङ
३. घरपोझङ गाउँपालिका मुस्ताङ, मोहनसिंह लालचन
४. रेसुङ्गा नगरपालिकामा गुल्मी, खिलध्‍वज पन्थी
५. गन्यापधुरा गाउँपालिका डडेल्धुरा, इन्द्रबहादुर कार्की
६. गुल्मीदरबार गाउँपालिका गुल्मी, सरोजकुमार थापा
७. बडिकेदार गाउँपालिका डोटी, भैरवबहादुर साउद
८. खर्पुनाथ गाउँपालिका हुम्ला, कर्णबहादुर रावल
९. तमानखोला गाउँपालिका बागलुङ, जोकलाल बुढा

माओवादी केन्द्र विजयी भएका पालिका
१.जगदुल्ला गाउँपालिका डोल्पा, नारसिङ रोकाय
२. नौमुले गाउँपालिका दैलेख, छविराम सुवेदी
३. ताराखोला गाउँपालिका बागलुङ, धनबहादुर विक
४.अपिहिमाल गाउँपालिका दार्चुला, भगतसिंह ठेकरे

एकीकृत समाजवादी विजयी पालिका
१. छार्का साङ्तोङ गाउँपालिका डोल्पा, सेनाङ गुरुङ
२. काइके गाउँपालिका डोल्पा, अंगदकुमार राना