१५ चैत्र २०८०, बिहीबार

थासाङमा अध्यक्ष एमाले, उपाध्यक्ष कांग्रेस

congress and nekapa

मुस्ताङको थासाङ गाउँपालिकामा मिश्रित परिणाम आएको छ । अध्यक्ष सहित १४ पदमा एमाले विजयी हुँदा उपाध्यक्षसहित १३ पदमा कांग्रेस विजयी भएको छ । यसअघिको स्थानीय चुनावमा यो पालिकाको दुवै पद कांग्रेसले जितेको थियो ।

अध्यक्ष उम्मेदवार प्रदीप गौचन एक हजार एक सय ४४ मतसहित विजयी हुँदा निकटतम प्रतिश्पर्धी कांग्रेसकी बालकुमारी शेरचनले एक हजार ५५ मत मात्रै पाइन् । उपाध्यक्षमा कांग्रेसका सोमल हिराचनले एक हजार एक सय १२ मत प्राप्त गरी विजयी हुँदा निकतम् प्रतिस्पर्धी नेकपा एमालेकी सुमिता शेर्पाले एक हजार ८० मत ल्याइन् ।

थासाङ गाउँपालिकाको वडा ३ र ४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ भने वडा २ मा नेकपा एमाले प्यानलमा विजयी भएका छ । १ र ५ मा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने सदस्यहरु एमालेका छन् ।

280961158 523054076234225 1562415359285360809 n
नेकपा एमालेका उम्मेदवार प्रदिप गौचन