१५ चैत्र २०८०, बिहीबार

साइपाल गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

uml

बझाङको साइपाल गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । अध्यक्षमा विजयी एमालेका मानबहादुर बोहरा ६७५ ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर बोहराले ६१३ मत ल्याए । त्यस्तै, उपाध्यक्षमा एमालेकी डोल्मा तामाङ ६७५ मत ल्याएर विजयी भएकी छिन्। उनकी प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत ल्याइन्।

वडा तर्फ १ मा एमालेका नरेन्द्र धामी प्यानलसहित विजयी भएका छन् । वडा नम्बर २ मा गठबन्धनबाट कांग्रेसका हरिलाल बोहरा बिजयी भएका छन्। वडा नम्बर ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी भएका छन्।

वडा नम्बर ४ मा गठबन्धनबाट काँग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन् भने वडा नम्बर ५ मा एमालेका जयपाल बोहरा प्यानलसहित विजयी भएका छन्।