७ बैशाख २०८१, शुक्रबार

७५ वटा वडा रहेको उदयपुरमा चार वडाको अन्तिम मत सार्वजनिक

UDAYAPUR

उदयपुरको आठ स्थानीय तहमध्ये चार वटा वडाको निर्वाचन परिणाम आएको छ । ७५ वटा वडा रहेको उदयपुरमा चार वडाको अन्तिम मत सार्वजनिक भएको हो । मत परिणाम अनुसार दुई वडा गठबन्धन र दुई वडामा नेकपा एमालेको बिजयी भएका छन ।

लिम्चुङबुङ गाउँपालिकाको वडा नं. ४ र ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्षमा विजयी भएका छन् । त्यसैगरी रौतामाई गाउँपालिका १ र ताप्ली गाउँपालिका १ को वडाध्यक्षमा नेकपा एमालेको तर्फबाट विजयी भएका छन ।

लिम्चुङबुङ गाउँपालिका–४ मा क्षत्रबहादुर राई र वडा ५ मा बसन्तकुमार राई विजयी भएका छन् भने रौतामाई गाउँपालिका १ मा रुद्रबहादुर कार्की र ताप्ली गाउँपालिका १ मा उद्धब हमाल विजयी भएका छन् । एमालेको दुबै वडामा प्यानल जितेका छन् ।