८ बैशाख २०८१, शनिबार

जुम्लाका ३ वडामा माओवादी, ४ वडामा कांग्रेस उम्मेदवार विजयी

280212855 1041442476750588 368911963201357666 n

जुम्लाका ८ स्थानीय तहमा ६० वडा रहेका छन् । अहिलेसम्म भएको मतगणना अनुसार जुम्लामा नेपाली कांग्रेसले ४ वडामा जित हासिल गरेको छ ।

यस्तै नेकपा एमालेका उम्मेदवार ३ वडामा विजयी भएका छन् । तातोपानी गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट कर्णबहादुर कठायत विजयी भएका छन् । उनी ३४२ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन् । वडाध्यक्षका प्रत्याशी माओवादी केन्द्रका लोकबहादुर कठायतले २३९ मत गरेका थिए ।

यस्तै हिमा गाउँपालिका-१ मा वडाध्यक्षका उम्मेदवार कांग्रेसका रतनबहादुर शाही विजयी भएका छन् । सिंजा गाउँपालिका-१ मा कांग्रेसका हरिनन्द आचार्य विजयी भएका छन् ।

चन्दननाथ नगरपालिका-१ मा कांग्रेसका तिलकप्रसाद न्यौपाने ३०४ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत ज्वाहरप्रसाद सिंहले बताए । वडाध्यक्षका प्रत्याशी माओवादीका राजबहादुर भक्तले २४५ मत प्राप्त गरेका छन् ।

तिला गाउँपालिका-१ मा माओवादीका जगतबहादुर बस्नेतको प्यानल विजयी भएको छ । उनले ३४६ मत प्राप्त गरेका छन् । कनकासुन्दरी गाउँपालिका-१ मा माओवादीका भीम भण्डारी ३४६ मत प्राप्त गर्दै विजयी भएका छन् ।

त्यस्तै पातारासी गाउँपालिका-१ मा वडाध्यक्षका उम्मेदवार माओवादीका लालसिंह ऐडी विजयी भएका छन् ।

280778640 1032750530675385 4441217681504543756 n