१४ बैशाख २०८१, शुक्रबार

तार जालीको सुरक्षा भित्र बिहान ८ बजेदेखि मतगणना काठमाडौं र भरतपुर महानगरपालिकामा सुरु हुने 

vote count

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मत गणना केही जिल्लामा सुरु भएको छ भने केहीमा अहिले बिहान ७ बजेदेखि सुरु हुने भएको छ ।  काठमाडौं र भरतपुर महानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना हुने भएको छ । त्यस्तै , ललितपुरमा अहिले बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

उता विराटनगर महानागरमा भने बिहान ८ बजेपछि मात्र मतगणना हुने भएको छ । सर्वदलीय वैठकपछि गणना सुरु गरिने भएको हो । 
हेटौंडा उपमहानगरमा बिहान ७ बजेदेखि मतगणना हुने भएको छ । 

चितवनको कालिका र माडी नगरपालिकामा मतगणना जारी छ । त्यसैगरी   स्याङ्जाको गल्याङ नगरपालिका र फेदीखोला गाउँपालिकामा पनि मतगणना जारी छ ।